काठमाडौं - रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चार वर्षपछि पहिलोपटक भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। उनी दुईदिने औपचारिक भ्रमणका लागि बिहीबार साँझ दिल्ली अवतरण गर्दा प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं विमानस्थल पुगेर स्वागत गरे।
पुटिनले यसपटक २३औँ भारत–रुस शिखर सम्मेलनमा सहभागी हुँदैछन्। तर यो भ्रमण केवल कूटनीतिक कार्यक्रम मात्र नभई, युक्रेन युद्धपछिको बदलिँदो अन्तर्राष्ट्रिय शक्ति समीकरणको सन्देश बोकेको भनेर विश्लेषण गरिएको छ।
पछिल्ला वर्षहरूमा पश्चिमी मुलुकहरूले युद्धका कारण रुससँग दूरी बढाइरहेका बेला पुटिनको भारत आगमनलाई नयाँ रणनीतिक सन्तुलन खोजीको संकेतको रूपमा पनि हेरिएको छ। रुसले हालै विश्वव्यवस्थामा शक्ति पुनर्संरेखन भइरहेको दाबी गर्दै आएको प्रसंगले पुटिनको यो भारत यात्रा झनै चासोको विषय बनेको छ।



0 comment