काठमाडौ:उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले चोरीको गहना सहित एक जनालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला काठमाण्डौं काठमाडौको वडा नं. २१ टेकु बस्ने वर्ष ३२ को अमन देउला , जिल्ला  भारत देश पश्चिम बंगाल घर भई हाल काठमाण्डौं जिल्ला काठमाडौ वडा नं.२३ बस्ने अर्पिता ज्वेलर्सका संचालक वर्ष ४७ को स्वपन चक्रवती, रहेका छ्न।

ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं.४ वाग्डोल स्थित राजेश खनालको घरको कोठाबाट रु,७९ लाख १२ हजा मुल्य बराबरको सुन चाँदीका गर-गहना चोरी भएको भन्ने घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धानको क्रममा विशेष सूचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाण्डौंबाट खटिएको टोलीले उक्त चोरी कार्यमा संलग्नहरुलाइ पक्राउ गरेको हो।

प्रहरीले उनिहरुको साथबाट ६.९७० ग्राम तौल भएको सुनको औठी थान-१ ,६.२२० ग्राम तौम भएको सुनको बेरुवा  औठी थान-१ , ५.६२० ग्राम तौम भएको सुनको गणेशको लकेट थान-१ ,२३ ग्राम तौल भएको चाँदीको  पाउँजु थान-२ , क्रिस्टलको कालो पोते १५ ग्राम बरामद गरेको थियो।

  ललितपुर महानगरपालिका वडा नं ४ बाट  उक्त गर-गहना खरीद गरी गाल्ने भारत देश पश्चिम बंगाल घर भई हाल काठमाण्डौं जिल्ला काठमाडौ वडा नं.२३ बस्ने अर्पिता ज्वेलर्सका संचालक वर्ष ४७ को स्वपन चक्रवती र देउलालाइ  आफ्नै सुनचाँदी गर-गहना पसलबाट चोरीको गहना सहित पक्राउ गरि सम्मानित सम्मानित ललितपुर जिल्ला अदालतबाट दिन ५ को म्याद थप भई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रबक्ता गौतम मिश्रले जानकारी दिनु भयो ।