काठमाडौ: जिल्ला काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका-२ तारेभिर स्थित जंगलमा हारजित हुने गरी जुवा तास खेलिरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त स्थानमा छापा मारेको थियो।

प्रहरीले ओखर खेलाउने र खेल्ने १० जनालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जिल्ला काभ्रे, महाभारत गाउँपालिका-३ घर भई काठमाडौं, बनेपा बस्ने बर्ष ३१ को राम बहादुर मोक्तान,जिल्ला सिन्धुली, दुधौली नगरपालिका-६ घर भई काठमाडौं, बौद्ध बस्ने बर्ष ४८ को नयन लामा, जिल्ला दोलखा, बिगु गाउँपालिका-४ घर भई काठमाडौं, कपन बस्ने बर्ष ३३ को केन्द्र तामाङ, जिल्ला दोलखा, मेलुङ गाउँपालिका-३ घर भई काठमाडौं थलि बस्ने बर्ष ३७ कि डोल्मो तामाङ, 
जिल्ला कालिकोट, घर भई काठमाडौं, माकलबारी बस्ने बर्ष ५० कि चन्द्र कुमारी बुढा,जिल्ला दोलखा, मेलुङ गाउँपालिका-३ घर भई काठमाडौं, मुलपानि बस्ने बर्ष ३० कि मनिषा तामाङ, जिल्ला खोटाङ, हलेसी घर भई काठमाडौं, भंगाल बस्ने बर्ष २७ कि मनु राई,जिल्ला उदयपुर, बेलका नगरपालिका-९ घर भई काठमाडौं, थलि बस्ने बर्ष ४० कि एलिसा बस्नेत,
जिल्ला ओखलढुंगा, सुनकोसी गाउँपालिका-२ घर भई काठमाडौं, जोरपाटी बस्ने बर्ष ४० को सलिन तामाङ, जिल्ला नुवाकोट, शिवपुरी गाउँपालिका-१ घर भई काठमाडौं, बौद्ध बस्ने बर्ष ३३ को राम बहादुर तामाङ रहेका छन।

 प्रहरी टोलिले पक्राउ परेकाहरुको साथबाट  बिभिन्न कम्पनीका १४ थान मोबाईल, ओखर १४ थान, स्कुटर थान ७, मोटरसाइकल थान ६, कार थान ३ र नेपाली नगद रु.१ लाख ८ हजार,४ सय रुपैया सहित फेला पारि निम्न मानिसहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ४ (चार) को म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको जोल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता दान बहादुर थापाले जानकारी दिनु भयो ।