काठमाडौं - माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट आज थप ११ वटा शव फेला परेको छ ।
जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ११ वटा शवहरू फेला परेको नेपाली सेनाले जनाएको छ । उक्त शवहरू उद्धार गरेर बाहिर निकालिएको छ ।
गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्क विहीन भएकाहरूको अहिले पनि खोजी जारी छ ।
सो आयोजनाको टनेलमा थप खोजी कार्य जारी छ ।


0 comment