काठमाडौं - हङकङको ताइ पोमा रहेको एक अमार्टमेन्टमा लागेको भीषण आगलागीमा परी हालसम्म कम्तीमा ४४ जनाको मृत्यु भइसकेको समाचार छ । अझै २७९ जना बेपत्ता रहेका छन्।

ज्वलनशील सामग्री तारजाल र प्लास्टिक प्रयोगका कारण आगो तीव्र रूपमा फैलिएको आशंका गरिएको भन्दै निर्माण कम्पनीका तीन जना कार्यकारी अधिकारीलाई मानव हत्या आरोपमा गिरफ्तार गरिएको छ।

वान फुक कोर्टमा लागेको आगो निभाउन ८ सय  भन्दा बढी दमकलकर्मी खटिएका छन् ।  यो आगलागी १८ घण्टाभन्दा बढी समयदेखि बलिरहेको बताइएको छ।

यो घटनालाई हङकङमा सबैभन्दा गम्भीर मानिने पाँचौँ स्तरको आगोको रूपमा वर्गीकृत गरिएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार राती गरिएको उद्धार क्रममा एक शिशु र एक वृद्ध महिलालाई जीवितै  उद्दार गरिएको समाचार छ ।