काठमाडौं - नवनियुक्त अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई बढुवाको निर्णय गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गर्ने निर्णय गरेको हो।
दानबहादुर कार्की आईजीपी भएपछि उपत्यका प्रहरी कार्यालय कात्तिक २६ गतेदेखि प्रमुखबिहीन भएको थियो। एआईजी ईश्वर कार्की आईजीपी दानबहादुर कार्कीकै ब्याची हुन्।




0 comment