काठमाण्डौ : विशेष सूचनाको आधारमा यस कार्यालय मातहत प्रहरी चौकी धोरे र सशस्त्र प्रहरि वल सहित खटिएको संयुक्त चेकिङ टोलीले जिल्ला पर्सा पकाहामैनपुर गाउँपालिका वडा नं.१ धोरे चेक प्वाइन्ट स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रमममा  एक जनाबाट श्रोत नखुलेको १५ लाख रुपैया बरामद गरेको छ।पक्राउ पर्नेमा जिल्ला पर्सा पकाहामैनपुर वडा नं. १ बस्ने बर्ष ३४ को अवधेश पटेल रहेका छन।

 BR22AF4126 नम्बरको मोटर साईकलमा सवार ले उक्त मो.सा. को लेगगार्डमा पंकज मशाला लेखिएको झोलाभित्र कालो प्लाष्टिकमा बेरिएको श्रोत नखुलेको नेपाली रू. १००० दरका नोट ७९० थान रू.७ लाख९० हजार रु.५०० दरका नोट १३०१ थान रु.६ लाख ५० हजार ५०० सय  रु.१०० दरका नोट ५६९ थान रू.५६ हजार ९ सय रु.५० दरका नोट ५० थान रु. २५ सय र रु.२० दरका नोट ५ थान रु.१ सय गरी जम्मा रु. १५ लाख  बरामद गरेको छ।

 उल्लेखित नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिइ मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका  प्रवक्ता तथा सूचना अधिकारी हरि बहादुर बस्नेत प्जानकारी दिनु भयो।