काठमाडौ: सुर्खेत जिल्ला प्रहरी कार्यालय मातहत्को इलाका प्रहरी कार्यालय बाबियाचौरको प्रहरी टोलिले बालिकालाइ जबर्जस्ती करणी गरेको आरोपमा होस्टल संचालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सुर्खेत पंचपुरी नगरपालिका ५ बर्ष ४० महेन्द्र आर्याल रहेकाछन ।
जिल्ला सुर्खेत पंचपुरी नगरपालिका ५ श्री सरस्वती विद्या निकेतन ईङगलिस बोडिङ स्कुल बाबियाचौर सुर्खेतको होस्टेलमा सोही ठाउँ वडा नम्बर ९ अलछाप्रे कुलको कक्षा ५ मा अध्ययनरत होस्टेलमा बस्ने बर्ष १२ कि बालिकालाइ ५ बस्ने अर्यालले ललाइ फकाइ गरी जबरजस्ति करणि गरि फरार भएका थिए।
पिडितले इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतमा खबर गरे पछि उक्त स्थानमा प्रहरी ननिरीक्षक भुपेन्द्र शाहीको कमाण्डमा ५ जनाको टोलीले व्यक्तिलाई बाचकाँडा भन्ने स्थानमा लुकिछिपि बसेको अबस्थामा पक्राउ गरेको थियो। पक्राउ परेका अर्याल माथी ईलाका प्प्रहरी कार्यालय बाबियचौरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुधिरराज शाहीले जानकारी दिनु भयो।




0 comment