काठमाडौं - आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराउन नेकपा (एमाले) निर्वाचन आयोग पुगेको छ। आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आवश्यक कागजातसहित एमाले टोली मंगलबार आयोगमा उपस्थित भएको हो।
एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यले दल दर्ता प्रक्रियाका लागि आफूहरू आयोग पुगेको जानकारी दिए। उनले भने, ‘प्रतिनिधिसभा निर्वाचनका लागि हामी दल दर्ता गर्न आएको हो।’ आयोगमा आवश्यक प्रक्रिया पूरा गरेपछि एमालेको दल दर्ता प्रक्रिया अगाडि बढ्ने बताइएको छ।




0 comment