काठमाडौं - मन्त्रिपरिषद्को यही मङ्सिर ५ गतेको निर्णयअनुसार उपरथीमा विशेष बढुवा पाएका सहायक रथी कृष्णप्रसाद भण्डारीलाई प्रधानसेनापति अशोकराज सिग्देलले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे ।
सोही कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेको जन सम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।




0 comment