काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा भन्दा अहिले झन् भ्रष्टाचार मौलाएको बताएका छन् । विघटित प्रतिनिसभाका एमालेका सांसद्हरुको बैठकमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘नेपो बेबी’ भनेर बालबालिकालाई मानसिक तनाव दिने काम भएको जनाउँदै उनले यसलाई बालबालिका विरोधी अपराध भएको बताए । कुनै पनि बालबालिकालाई आतंकित बनाउन काम गर्न नहुने उनले बताए ।
कम्युटरको जेनेरेशनलाई जेनजी भनेर अपराधी काममा उत्प्रेरित गराएको उनको आरोप थियो । ओलीले भने, ‘फेक जेनजीको प्रयोग भयो, माइतीघरदेखि एभरेष्टसम्म गएका जेनजी हुन् , त्यसभन्दा उता प्रयोग भएका जेनजी होइनन् ।
जेनजी युनिफर्मा भएका थिए त्यहाँ खेटेकाहरु कालो पहिरनमा आएको बताए ।वर्तमान सुशीला कार्की नेतृत्वको सरकार नेपाली जनताको नभएको भन्दै सरकार ‘शो कलड’ भएको बताए । यो सरकार कसले बनायो र कसले टिकायो ? भनी प्रश्न गर्दै कार्की नेतृत्वको सरकार असंवैधानिक र अलोकतान्त्रिक भएको दाबी गरे । उनले भने,‘यो सरकार आगजनी र तोडफोड र लुटपाटबाट बनेको सरकार हो ।’ उनले प्रतिनिधसभा विघटन असंवैधानिक भएको जनाउँदै सिफारिसनै अनधिकृत भएको बताए ।


0 comment