काठमाडौ:जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका-१७ ठमेल स्थित  Snowline  होटेलमा अवैध श्रोत नखुलेको रकम लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत लैनचौरबाट  खटिएको प्रहरी टोली ठूलो परिमाणमा रकम नियन्त्रणमा लिएको छ।

प्रहरीले रकम सहित २ जनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा जिल्ला चितवन, बिसौनी घर भई काठमाडौं, ठमेल बस्ने वर्ष २० कि स्नेहा रिमाल, 
माल्दिभ्स नागरिक युगेथ इब्राहिम रहेका छ्न।

प्रहरीले उनिहरु बसेको होटलको कोठामा पुगी चेक जाँच गर्दा अवैध नेपाली रकम रु ५० लाख ५०  पचास हजार रुपैयाँ, ओमान रियल ४ लाख २१ हजार र अरब दिराम ५५ सहित बरामद गरि  नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता दान बहादुर  थापाले जानकारी दिनु भयो।