काठमाडौं - स्थानीय नेपाली बजारमा सुनचाँदी  मूल्य बढेको छ।  छापावाल सुन प्रतितोला रु एक हजार ४०० र असली चाँदी रु ३५ ले बढेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य रु तीन हजार ७५ कायम भएको छ।  

हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ४१ हजार ४०० र असली चाँदी रु तीन हजार ४० मा कारोबार भएको थियो।