काठमाडौं - अमेरिकाभित्रै, अमेरिकाबाट बाहिर जाने र अमेरिका आउने उडाहरु गरि १४ सय भन्दा बढी उडानहरू शनिबार रद्द भएका छन् ।
एयरलाइन्सहरूलाई संघीय सरकारको बन्द ( सटडाउनका कारण) कारण हवाई यातायात घटाउन निर्देशन दिएको थियो।सरकार बन्द अक्टोबर १ देखि सुरु भएको हो।
फेडरल एभिएसन एडमिनिस्ट्रेशनक अनुसार देशका ४० व्यस्त विमानस्थलहरूमा हवाई क्षमतामा १० प्रतिशत सम्म उडान कटौती भएको छ ।रिपब्लिकन र डेमोक्र्याट नेताहरू अझै पनि कङ्ग्रेसमा चलिरहेको राजनीतिक गतिरोध अन्त्य गर्ने उपायमा एकमत हुन सकेका छैनन् ।
शनिबारसम्म यो अमेरिका इतिहासकै सबैभन्दा लामो ३९ दिन लामो सरकार बन्द भएको छ। दुवै दलका सिनेटरहरू वाशिङ्टन डी.सी.मा बसेर सरकार पुनः सञ्चालन गर्ने समझदारीका लागि वार्ता गर्दैछन्। यसबीचमा खाद्य सहायता रकममा कटौती र हवाई यात्रा अवरोधका कारण अमेरिकी नागरिकहरूमा यसको प्रभाव बढ्दै गएको छ।
शनिबार जारी विज्ञप्तिमा अमेरिकन एयरलाइन्सले वाशिङ्टनका नेताहरूलाई तुरुन्त समझदारीमा पुगेर बन्द अन्त्य गर्न आग्रह गरेको छ।
न्यू जर्सीको नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई सबैभन्दा लामो प्रतीक्षा गर्नुपरेको थियो। शनिबार दिउँसोसम्म त्यहाँ उडानहरू औसतमा आगमनका लागि ४ घण्टाभन्दा बढी र प्रस्थानका लागि १.५ घण्टा ढिलाइमा परेका थिए।
शनिबारका सबैभन्दा बढी रद्द भएका उडानहरू चार्लोट/डगलस अन्तर्राष्ट्रिय, नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय र सिकागो ओहेयर अन्तर्राष्ट्रिय विमानस्थलमा थिए।
यसैबीच एफएए का अनुसार जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल तर्फका उडानहरू करिब ३ घण्टा ढिलाइमा परे । हर्ट्सफिल्ड-ज्याक्सन अटलान्टा अन्तर्राष्ट्रियका उडानहरू २.५ घण्टा ढिलाइमा परे भने ला गार्डिया विमानस्थलका उडानहरू करिब १ घण्टा ढिलाइमा परे।
नोभेम्बर २७ मा आउने थ्याङ्क्सगिभिङ छुट्टी नजिकिँदै गर्दा अमेरिका अहिले वर्षकै सबैभन्दा व्यस्त यात्राको मौसममा छ।
केवल व्यावसायिक उडानहरू मात्र होइन निजी विमानहरूमा पनि प्रतिबन्धहरू लागू गरिएको छ। शनिबार एफएएका सचिव डफीले एक्समा लेखेका छन् “हामीले व्यस्त विमानस्थलहरूमा निजी विमानहरूको संख्या घटाएका छौँ ताकि ती साना विमानहरूले साना विमानस्थल प्रयोग गरून् र नियन्त्रणकर्ताहरूले व्यावसायिक उडानमा ध्यान केन्द्रित गर्न सकून्। यो नै न्यायसंगत हो।”
एफएएले चेतावनी दिएको छ कि आगामी दिनहरूमा अवस्था अझ खराब हुन सक्छ किनभने रद्द उडानहरूको प्रतिशत क्रमश बढ्दै जानेछ।
एजेन्सीले घोषणा गरे अनुसार कटौती ४ प्रिशतबाट सुरु गरेर ११ नोभेम्बरमा ६ प्रतिशत, १३ नोभेम्बरमा ८ प्रतशत र १४ नोभेम्बरमा १० प्रतिशत पुर्याइनेछ।
अहिले हवाई नियन्त्रकहरू अत्यधिक कामको दबाबमा छन्। ती नियन्त्रकहरू आवश्यक कामदार भएकाले तलबबिनै काम गर्न बाध्य छन्। धेरै नियन्त्रकहरूले अब रोग बिदा लिने वा आवश्यक खर्चका लागि दोस्रो काम गर्न थालेका युनियनहरूले बताएका छन्।
हवाई नियन्त्रकहरू ती १४ लाख संघीय कर्मचारीहरूमध्ये परेका छन्, जसले अहिले तलबबिनै काम गरिरहेका वा बिदामा बस्न बाध्य छन्।
यसका अतिरिक्त, ट्रान्सपोर्टेसन सेक्युरिटी एजेन्सीका ६४ हजार भन्दा बढी कर्मचारीहरू पनि तलबबिनै काम गर्दैछन्।
२०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा भएको अघिल्लो सरकार बन्दमा १० प्रतिशत सम्म टीएसएका कर्मचारीहरूले निःशुल्क काम गर्न अस्वीकार गरी घरमै बस्ने निर्णय गरेका थिए।




0 comment