अन्तत, आन्दोलित जेन्जी पुस्ताले सत्तामा आफनो भाग भेट्टाएको छ  । नेपालमा २००७ सालदेखी ०६२।६३ सम्म भएका आन्दोलनहरु जस्तै यस पटक पनि आन्दोलन पश्चात आन्दोलनरत पक्षले सत्तामा आफनो भाग पाएको हो । अनि सत्ताप्राप्ती सँगैै आन्दोलन सफल भएको स्वत प्रमाणित भएको छ । अव फेरी नेपाली जनताले कुन आन्दोलनको नाममा कहिले सडक तताउने हुन थाहा छैन । भ्र्रष्ट्रचारीहरुलाई कठोर कारवाही हुनु पर्छ र देशको कार्यकारी प्रमुखको निर्वाचन प्रत्यक्ष जनताले गर्न पाउनु पर्छ भन्ने आन्दोलनको माग थियो । तर यी दुवै मागहरु आगामी फागुनको चुनावमा दुइ तिहाइको बहुमत ल्याएर जितेर पुरागर्नु, यो सरकारको काम भनेको ताजा संसदीय चुनाव गराउनु मात्रै हो भनेर जेन्जीकी हजुरआमा सुशिलाले भनेपछि जेन्जीहरुलाई नखाउ भने दिन भरीको शिकार खाउ भने कान्छा वावुको अनुहार हुन पुग्यो । अन्तत जेन्जीहरु पनि अरु जस्तै शिकारकै पछि लागे । आन्दोलनको एजेण्डा जे सुकै होस के मतलव । झण्डै ८० किशोर किशोरीको लाश जेन्जीहरुको लागि सत्तामा पुग्ने भर्यांग वन्यो । 


सन १९७० को कुरा हो तिब्बती खम्पाहरुले नेपालको मुस्तांगलाई आधार शिविर बनाएर अमेरिकी हातहतियारले सुसज्जित भई तिब्बत स्वतन्त्रताको लागि ससस्त्र युद्धको तैयारी गर्दै थिए । सो कुरा थाहापाए पछि चीनले तत्कालिन राजा वीरेन्द्रलाई सतर्क गराउदै नेपालले मुस्ताङबाट खम्पा विद्रोहीहरुलाई लखेटन पर्ने अन्यथा चीनिया सैनिक नेपाल पस्ने जानकारी गराएपछि राजा वीरेन्द्रले शाही सेना लगार्ई मुस्ताङबाट खम्पालाई लखेटी उनीहरुको हतियार खोसी उनीहरुको नेता वाग्ंदीलाई दार्चुलामा मारेपछि समातिएका खम्पाहरुलाई भारतको धर्मशाला वा ल्हासा तर्फ नलखेटी माया गरेर कास्की जिल्लाको छोरे पाटन, कोत्रे र ललितपुर जिल्लाको एकान्तकुनामा शरणार्थीको रुपमा बस्न दिए । तिनै खम्पा शरणार्थीको तेश्रो पुस्ताले जेन्जीको आन्दोलनमा घुषपैठ गरी गुम्वाहरुमा लुकाइएका हतियार र विष्फोटकहरु निकाली सिहंदरवार, सर्वोच्च अदालत, लगाएत नेपाली सम्पदाको आमरुपमा  आगजनी गरी विनाश गर्न सफल मात्रै भएनन बल्की आफ्ना बाजेहरुमाथि ५२ वर्ष अगाडि शाही सेनाले गरेको ज्यादतीको बदला लिन सफल भए । ब्लड ओरिजिनल तिब्बतले सफलताका साथ जेन्जी आन्दोलनको फाइदा उठायो । आन्दोलन पछि बनेको सरकारलाई स्वतन्त्र तिब्बती सरकारको प्रमुखको तर्फबाट दलाइ लामाले वधाइ ज्ञापन गरे । यसको साथै अव सुशिला कार्कीले आंग सान सुची र दलाइ लामाले पाए जस्तै शान्तीको लागि नोवेल पुरस्कार पाउन बेर छैन । त्यसो भयो भने यसलाई पनि जेन्जी आन्दोलनकै अर्र्को सफलता मान्नु पर्दछ । 

सांघाइ सहयोग संगठनको शीखर सम्मेलनकै बैला नेपालका प्रधानमन्त्री केपी ओलीले चीनका राष्ट्रपति सिलाई भेटेर नेपालको लिपुलेकलाई भारत चीनले ब्यापार मार्गको रुपमा प्रयोग गर्ने कुराप्रति आपत्ती ब्यक्त गरेका थिए । तर चीनले यो भारत र नेपालको आपसी मामला हो र चीन यस विवादमा मुछिदैन भनेपछि तिब्बती सरकार प्रमुख दलाइ लामा, भारत र अमेरिका एकै पटक खुबै हौसिए । अब नेपालमा हामीले जे गर्दा पनि हुन्छ भन्ने उनीहरुलाई लाग्यो । अनि के चाहियो नेपालमा भारत कम्र्फट सरकार चाहिन्छ भन्ने प्रचण्डका खेताला माओवादीहरु, मोनरो सद्धान्त अनुरुप नेपाल भारतको प्रभाव क्षेत्रमा वस्नु पर्छ भन्ने मान्यता राख्ने रवी र रास्वपाका नेता कार्यकताहरु, नेपाली मधेसलाई भारतमा विलय गराउन चहानेहरु सबै रातारात जेन्जी आन्दोलनमा लागेर केपीलाई सत्ताबाट गलहत्याउन सफल भए । उनीहरुकै सक्रिय सहयोगको कारण कारण जेन्जी आन्दोलन सफल हुन पुग्यो । आन्दोलन पछि बनेको प्रधानमन्त्री सुशिला कार्कीको नयाँ कार्यकक्षमा चुच्चेको सटटा बुच्चे नक्सा टासियो । जेन्जी आन्दोलनलाई सफल बनाउन सहयोग गरेवापत भारतले पनि राम्रै पुरस्कार भेटायो । 

सुशिला कार्र्कीको मंत्रीमण्डलको सदस्य बन्न काठमाण्डौस्थित भारतीय र अमेरिकी  दुतावासको सिफारिस चाहिने रहेछ अनि आफुले सो प्राप्त गर्न नसक्दा आफु मन्त्री बन्न नसकेको दुःखेसो ब्यक्त गदै धरान फर्केका थिए मेयर  हर्क साम्पाङ । अहिले जेन्जी आन्दोलन सफल भएकोमा उनलाई दुख लागेको होला । दुख नमान्नु अव फागुनमा चुनाव हुने भएमा सासंदको उमेदवार बनी सफल हुन चाहिने वित्तिय र नैतिक  सिफारिस यी दुई दुतावासहरुबाट जसले त्यो पाउछ उसैले चुनाव जित्ने हो भनेर अहिले नै ठोकुवा गर्दा हुन्छ । अनि बल्ल बन्छ नेपाल स्वतन्त्र तिब्बतको उर्वरा भूमी, अमेरिकीहरुको सैन्य अखडा, अनि भोग्छ युक्रेनको नियती । कुनचाहि जेन्जीको दाइ वाउ वा वाजे अव जेलेन्स्की बन्नेछ हेर्दे जानु पर्छ । त्यसो भएमा त्यसलाई पनि जेन्जी आन्दोलनकै सफलता मान्नु पर्दछ ।