काठमाडौं - आइसिसी टि–ट्वान्टी एसिया इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत नेपाल र कुवेतबीच आज भएको खेलमा नेपालले ५८ रनले जितेको छ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा  टस जितेर पहिला फिल्डिङ रोजेको कुवेतका लागि नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । 
    
नेपालका कुशल भुर्तेलले ५६ बलमा ३ छक्का र ३ चौकासहित सर्वाधिक ६६ रन बनाए । गुल्शन झाले तल्लो क्रममा ६ बलमा ३ छक्कासहित महत्वपूर्ण २० रन बटुले ।

नेपालका ओपनर आसिफ शेख २, कप्तान रोहित पौडेल १५ बलमा ३ चौकासहित १६, दीपेन्द्र सिंह ऐरी २०, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रनमा आउट भए ।

टि–ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेटमा नेपाल र कुवेत हालसम्म तीन पटक आमनेसामने भएका छन् । जसमा नेपालले दुई खेल जित्दा कुवेतले एक खेल जितेको छ । आजको खेलमा नेपालका करण केसीलाई बेन्चमा राख्दा सन्दीप लामिछाने र ललितनारायण राजवंशी दुवैलाई खेलाएको छ ।

नेपालको प्लेइङ्ग ११ मा कप्तान रोहित पौडेलसहित विकेट किपर आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, ललित नारायण राजवंशी, सोम पाल कामी, नन्दन यादव, गुल्सन झा र सन्दीप लामिछाने छन् ।