काठमाडौं - एसिया कप २०२५ को खेलमा शुक्रबार पाकिस्तानले ओमानलाई ९३ रनले पराजित गरेको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलिएको समूह ʻएʼको खेलमा ओमानलाई पाकिस्तानले १६१ रनको लक्ष्य दिएको थियो। तर ओमान १६.४ ओभरमा ६७ रनमा समेटियो।
लक्ष्य पछ्याउने क्रममा ओमानी टोलीले सुरुदेखि नै विकेट गुमाइरह्यो। स्कोर ५० रन पुग्दासम्म ओमानी टोलीले ८ विकेट गुमाएको थियो।
कप्तान जतिंदर सिंह (१ रन) र ओपनर आमिर कलीम (१३ रन)लाई पार्टटाइम स्पिनर साम अयुबले प्याभिलियन पठाए। मोहम्मद नदीम (३ रन) र हम्माद मिर्जा (२७ रन)लाई चाइनाम्यान बलर सुफियान मुकीमले आउट गरे। सुफियान महमूद (१ रन)लाई बायाँ हाते स्पिनर मोहम्मद नवाजले आउट गरे। विनायक शुक्ला २ रन बनाएर रन आउट भए।
यसपछि फास्ट बलर फहीम अशरफले जिकरिया इस्लाम (० रन) लाई विकेट पछाडि क्याच आउट गरे। शाहिन अफ्रिदीले फैसल शाह (१ रन)लाई बोल्ड गरे। यसका कारण ओमानको स्कोर ५०र८ भयो।
त्यसपछि फहीम अशरफले हसनैन शाह (१ रन) लाई बोल्ड गरे र ओमानलाई नवौं झट्का दिए।


0 comment