काठमाडौं - भारत मध्य प्रदेशको राजगढमा रहेको पीएम श्री विद्यालयको एउटा कक्षाकोठामा राखिएको एलईडी मोनिटरमा अश्लील फिल्म चलेको छ ।
कक्षाकोठामा अश्लील फिल्म चलेपछि अर्का विद्यार्थीले यसको भिडियो बनाएका थिए । १३ विद्यार्थी रहेको उक्त कक्षाकोठामा अश्लील फिल्म चलेपछि बनाइएको भिडियो अहिले सामाजिक सञ्जलामा भाइरल भइरहेको छ ।
पीएम श्री विद्यालयका प्रधानाध्यापकले यो भिडियो ६ देखि ८ महिना पुरानो भएको बताएका छन् ।
यो भिडियो भाइरल नगर्ने बदलामा एक युवकले ५० हजार रुपैयाँ मागेको र पैसा नदिएपछि सामाजिक सञ्जालमा भिडियो भाइरल बनाएको विद्यालय प्रशासनले दाबी गरेको छ ।
अब स्थानीय प्रशासन र प्रहरीले यो विषयमा अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यम आजतकले समाचारमा उल्लेख गरेको छ । साथै जिल्ला शिक्षा अधिकारीले यस विषयमा निष्पक्ष अनुसन्धान गर्न आदेशसमेत दिइसकेको समाचारमा उल्लेख छ ।


0 comment