न्यूयोर्क सिटीको मिडटाउन म्यानहट्टनमा आज भएको गोलीकाण्डमा न्यूयोर्क प्रहरी विभागका एक अधिकारीसहित चार जनाको मृत्यु भएको छ ।

संदिग्ध आक्रमणकारीको नाम शेन डेभन तमुरा भएको खुलेको छ।

प्रहरीले लामो हतियार बोकेर भवनभित्र छिर्दै गरेको उनको तस्वीर सार्वजनिक गरेको छ। उनी आफैंले गोली हानी आत्महत्या गरेका विश्वास गरिएको छ।

यो गोलीकाण्ड व्यस्त समयमा ३४५ पार्क एभेन्युमा अवस्थित ६३४ फिट अग्लो गगनचुम्बी भवनमा भएको थियो जहाँ नेशनल फुटबल लिग  र लगानी कम्पनी ब्ल्याकस्टोनको कार्यालयहरू रहेका छन्।