अहिले एक पछि अर्को गर्दै असक्षमता, राष्ट्रघात र भ्रष्टाचारका काण्डहरु छताछुल्ल हुदैछ । मानौ लोकतन्त्र वा गणतन्त्र जे भने पनि असक्षम, भ्रष्टाचारी र राष्ट्रघाती नेता कार्यकर्ताहरुलाई भ्रष्टाचार गर्ने लाइसेन्स वितरण गर्ने ब्यवस्था रहेछ भनेर प्रमाणित भएको छ  । जस्ले जति वढि भ्रष्टाचार गर्यो उस्लाईनै लोक प्रिय वनाउने नाटक दिन पर दिन मंचन भइरहेको छ । एमालेले गरेको भ्रष्टाचार छोप्न विद्या र केपीको कृत्रिम झगडाको नाटक, माधव नेपालले गरेको भ्रष्टाचार छोप्न वामदेवसंगको एकताको नाटक, शेरबहादुर मण्डलीले गरेको भ्रष्टाचार छोप्न शेखर र शेरको झगडाको नाटक, रास्वपालाई जोगाउन सुमना स्वर्णीमहरुको झगडाको नाटक, माओवादीको अस्तित्व जोगाउन प्रचण्ड र नारानकाजीको विवादको नाटक, हिन्दु अधिराज्य पुनःस्थापनाको नाममा राप्रपा भित्र छताछुल्ल भइरहेको असक्षमता छोप्न लिंगदेन र धवलवीचको झगडाको नाटक, नाटकै नाटक कति हेर्ने ? यी सबै नाटकको मूल उध्देश्य भनेको जनतालाई उल्लु वनाउदै आफनो राजनीतिक साख र अस्तित्वको रक्षा गर्न गरिएको असफल प्रयास भन्दा हुन्छ । यी सबै दलहरुले अहिले न्यायप्रेमी जनतालाई आआफनो खेमामा विभाजित गरी भ्रष्टाचार र राष्ट्रघात विरोधी आन्दोलनमा एकठ्ठा हुन दिइरहेका छैनन । खासमा भन्नु पर्दा माथि भनिएका नाटकहरुकै कारण जनआन्दोलन चर्की वांग्लादेशको जस्तो देशको प्रधानमंत्रीले देशनै छोडेर भाग्न पर्ने स्थिति आएको छैन र आउने लक्षण पनि देखिदैन । हामीकहा आन्दोलनले उचाइ लिनु अगावै शिथिल हुन जान्छ किनकी प्रहरीले नथेग्दा सेना चुप लागेर वस्ने अवस्था हामीकहा छैन ।

राष्ट्रघात, असक्षमता अनि भ्रष्टाचारको रोगले राजनीतिक दलमात्रै होइन सेना र न्यायालय समेतलाई गाजी सकेको छ । विद्या शेखर जो सुकै आउन यहा सुशाशन हुने वाला छैन । दक्षिणको विकाशले बेलायतलाई पछि पारिसक्यो, उत्तरको विकाशले अमेरिकालाई पछि पारी सक्यो तर हामीकहा भएको राष्ट्रघात, भ्रष्टाचार र असक्षमताको विकाशले देशनै नरहने अवस्था दिन दहाडै स्पष्ट भइसक्दा पनि लाटोकोशेरो जस्तो भएर वसी राखेका छन नेपाली जनताहरु मानौ उनीहरु दिनमा न भ्रष्टचार न राष्ट्रघात देख्छन न राजनीतिक दलहरुमा भएको असक्षमता नै । दलीय स्वार्थ यति हावी भइसक्यो की नेता कार्यकत्ताहरुलाई कानून नलाग्ने भइसक्यो । दण्डहीनता जताततै छाइसक्यो । राष्ट्रिय स्वार्थ दिनदिने लिलाम भइरहेको छ जनताहरुमा रतन्धो होइन दिनअन्धोको चिप्रा लागिसक्यो । उनीहरु लाटोकोसेरो भइसके । दलहरु उनीहरुलाई उल्लु वनाउन सफल भइसके र यो नै लोकतन्त्र र गणतन्त्रको महान उपलब्धि वनिसकेको छ । दिनदिनै जति नयानया नाटकहरु मंचन हुदैछन त्यतिनै जनताहरु उल्लु वन्दैछन । जति जनता उल्लु वन्दैछन देश असफलताको भुमरीमा जाकिदै छ । अव कस्ले जोगाउने यो देशलाई ?