काठमाडौं - साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई ७-० गोल अन्तरले पराजित गरेको छ । बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार राति भएको खेलमा नेपाल ७–० ले विजयी भएको हो।
मीना देउवाको ह्याट्रिकसँगै नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको हो। अहिलेसम्म तीन खेल खेलेको नेपालले दुईमा जित र एकमा हार बेहोरेको छ। पहिलो खेलमा नेपालले भुटानलाई ६–१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशसँग ३–२ को व्यहोरेको थियो ।
श्रीलंकाको प्रदर्शन भने अहिले सम्म निराशाजनक रहँदै आएको छ। उसले खेलका खेलमा भारी अन्तरले हार बेहोरेको छ।


0 comment