काठमाडौं - अमेरिकाको टेक्सास राज्यमा आएको विनाशकारी बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ ।  करिब २० जना बालिकाहरू  बेपत्ता भएका छन्।

ग्वाडालुपे नदीमा आकस्मिक बाढी आएको थियो । जसले केही घण्टामा नदीको सतह २२ फिटले बढाएको थियो ।

बेपत्ता भएका बालिकाहरू हन्ट टेक्सासस्थित क्रिश्चियन समर क्याम्प "क्याम्प मिस्टिक" का हुन् ।  जुन बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ। क्याम्पमा करिब ७ सय ५० बालिकाहरू थिए ।  बाढीका कारण केही क्याबिनहरू समेत  बगाएको रिपोर्ट गरिएको छ ।

टेक्सासका कार्यवाहक गभर्नर ड्यान प्याट्रिकले बाढीलाई 'विनाशकारी' भनेका छन्  । बेपत्ता बालिकाहरू अझै जीवित हुन सक्ने आशा समेत व्यक्त गरेका छन्। उद्धार कार्यलाई  तीव्र बनाएको छ । उद्धार कार्यमा करिब ५ सय जना आपतकालीन कर्मचारी, १४ हेलिकप्टर, १२ ड्रोन, र ९ गोताखोर टोलीहरू परिचालन गरिएको समाचार छ ।

स्थानीय अधिकारीहरूले सो क्षेत्रमा बाढीको पूर्व चेतावनी प्रणाली नरहेको स्वीकार गरेका छन् । जसले गर्दा बाढीको प्रभावलाई बढी गम्भीर बनाएको छ ।

यस घटनाले १९८७ मा भएको समान प्रकृतिको बाढीको सम्झना दिलाएको छ जुन घटनामा  १० किशोरहरूको मृत्यु भएको थियो ।

बाढीका कारण टेक्सास भरि स्वतन्त्रता दिवसका कार्यक्रमहरू रद्द गरिएका छन्  ।

अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा बस्न र स्थानीय निर्देशनहरू पालना गर्न आग्रह गरेका छन् ।