काठमाडौं - स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा हार व्यहोरेको छ ।
शुक्रबार राती भएको खेलमा नेपाल स्कटल्याण्डसँग ३४ रनले पराजित भएको हो । १ सय ९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रन मात्र बनाउन सक्यो ।
घरेलु टोली स्कटल्याण्ड र नेदरल्यान्ड्सविरुद्ध समान १ खेलमा जित हात पार्दा समान १ खेलमा हार बेहोर्नुपर्यो। योसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ ।
समान अंक रहे पनि रनरेटमा पछि रहेर नेपाल दोस्रो स्थानमा रहन पुगेको हो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रनको योगफल तयार गर्यो ।


0 comment