काठमाडौं - स्कटल्यान्डमा जारी टी-ट्वेन्टी अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपालले दोस्रो जित दर्ता गरेको छ ।

ओपनर कुशल भुर्तेलको अर्धशतकको मद्दतमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्‍यो । नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले २ बलअगावै चार विकेटको क्षतिमा भेटायो ।

अब शृंखलाको अन्तिम खेलमा नेपालले शुक्रबार घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्नेछ ।