काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा यही असारको तेस्रो सातासम्ममा सार्वजनिक हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरका अनुसार नतिजा प्रकाशनका लागि तीव्र गतिमा काम भइरहेको छ।
परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले एसईईको नतिजा प्रकाशनका लागि कार्यालयले निरन्तर काम गरिरहेको बताए। ‘असारको तेस्रो सातासम्ममा नतिजा आउने अपेक्षा गर्न सकिन्छ, ’उनले भने, ‘ यकिन मिति भने अहिले भन्न सकिने अवस्था छैन।’
एसईई परीक्षामा गत वर्षको जस्तै यसपालि पनि झन्डै पाँच लाख परीक्षार्थी सहभागी भएका थिए।


0 comment