काठमाडौं - नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले घरेलु टोली स्कटल्यान्डविरुद्ध टी–२० त्रिकोणात्मक सिरिजमा  जित हासिल गरेको छ।

सिरिजमा नेपालको यो पहिलो जित निकालेको हो ।

स्कटल्याण्डले प्रस्तुत गरेको ९८ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा अन्तिम ओभरमा पूरा गरेको हो । यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।  नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्ड तीन वटै टोलीको समान २-२ अंक रहेको छ ।

नेपाल र  नेदरल्यान्ड्सबीच हिजो भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

स्कटल्याण्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो ।