काठमाडौं - स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि २० आई सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल तेस्रो सुपर ओभरमा पराजित भएको छ।
नेदरल्यान्ड्सले प्रस्तुत गरेको १५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनाएको थियो। योसँगै खेल पहिलो सुपर ओभरमा प्रवेश गर्यो।सुपर ओभरमा नेपालले १९ रन जोड्दा जवाफमा नेदरल्यान्ड्सले पनि १९ रननै जोडेपछि खेलमा दोस्रो सुपर ओभर भएको थियो ।
दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले १७ रन जोड्दा नेपालले जवाफमा १७ रन नै बनाएपछि खेल सुपर ओभरमा लम्बियो । तेस्रो सुपर ओभरमा नेपालले ४ बलमा कुनै रन नजोडी २ विकेट गुमायो । माइकल लेभिटले सन्दीप लामिछानेलाई पहिलो बलमै छक्का प्रहार गरेर जित पक्का गरे ।
यो जितसंगै नेदरल्यान्ड्सले २ अंक जोडेको छ। सिरिज अन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको छ ।


0 comment