काठमाडौं - यूईएफए नेसन्स लिग २०२५ को फाइनलमा स्पेनलाई हराएर पोर्चुगलले सोमबार उपाधि जितेको छ ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोलीले यो जित हासिल गरेको छ । रोनाल्डोले पोर्चुगलका लागि जितेको यो तेस्रो अन्तर्राष्ट्रिय उपाधि हो ।

पोर्चुगलले पेनाल्टी सुटआउटमा स्पेनलाई ५-३ ले हराएर यो जित हासिल गरेको हो ।

यसै खेलमा रोनाल्डोले पोर्चुगलका लागी १३८औं अन्तर्राष्ट्रिय गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

यूईएफए नेसन्स लिग २०२५ को फाइनल जितेपछि रोनाल्डो धेरै भावुक देखिए ।

‘पोर्चुगलका लागि जित्नु मेरा लागि सधैं विशेष हुन्छ । मैले क्लबहरूसँग धेरै ट्रफी जितेको छु, तर पोर्चुगलका लागि जित्नुको अनुभूति फरक र उत्कृष्ट हुन्छ,’ खेल जितेपछि रोनाल्डोले भने, ‘यी खुसीका आँसु हुन्, यो एउटा जिम्मेवारी थियो जुन पूरा भयो र यसले धेरै खुसी ल्यायो ।’