काठमाडौं- हङकङका लागि नवनियुक्त नेपाली महाबाणिज्यदुत डा.बिन्देश्वर लेखकले राष्ट्रिय फुटबल टोलीका सदस्यसँग भेटघाट गरेकाछन् । भेटका क्रममा महावाणिज्य दूत डा. लेखकले हङकङसँगको मैत्रीपूर्ण खेलका लागि शुभकामना दिए । महावाणिज्यदूत भएर गएपछि पहिलो पटक सार्बजनिक कार्यक्रममा सहभागी हुनु भएका डा. लेखकले राष्ट्रिय टोलीलाई स्वागत गरिरहँदा आफैपनि उत्साहित भएको बताए । नेपालका राष्ट्रिय खेलाडीहरूलाई हङकङमा भेट्न पाउदा आफु ज्यादै खुसी भएको बताउँदै, “मेरो पनि नेपाली फुटबल टोलीलाई ठूलो समर्थक रहेकोले नेपाली टोलीलाई जितको शुभकामना छ । मेरो शुभेच्छा सधै टोलीको साथमा रहेको छ । हामीलाई आशा भोलीको खेलमा हाम्रो नै जित हुनेछ ।”

टोलीलाई शुभकामना दिने क्रममा हङकङ नेपाली महासंघका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार टंक रानाले खेलका लागि धेरै भन्दा धेरै नेपालीलाई स्टेडियमसम्म ल्याउने विश्वास दिलाए । कार्यक्रममा टोली ब्यवस्थापक टंकलाल राईले खेलाडी परिचय र टोलीको कार्यक्रमबारे जानकारी गराएका थिए । खेलाडी, म्याच अफिसिल लगायतको उपस्थिती रहेको थियो । हङकङ सरकारद्वारा आयोजना भएको उक्त मैत्रीपुर्ण खेलमा नेपाल र ह
ङकङ विच वरावरीमा टुँगिएको थियो । यसै हप्ता
चिनियाँ विदेश मन्त्रीको निमन्त्रणाामा नेपालकी परराष्ट्र मन्त्री डा आरजु राणा हङकङ पुग्नुभएको थियो । परराष्ट्र मन्त्रालयका पदाधिकारी र नवनियुक्त राजदूत सहित चिनिया मन्त्रीहरूको भेटमा दुई देशवीच ्आपसी सम्बन्ध सुदृढ गदै् व्यापार ,पर्यटन क्षेत्रको विकासका लागि आपसी छलफल भएको थियो । हङकङ पुगेकी परराष्ट मन्त्री र नवनियुक्त वाणिज्यदुतलाई हङकङमा वस्ने नेपाली समाजका अगुवाहरूले भव्य स्वागत तथा सम्मान गरेका थिए ।


0 comment