काठमाडौं - आइसिसी विश्वकप लिग टु अन्तर्गत आरिफ शेखको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ ।
विश्वकप लिग २ अन्तरगत स्कटल्याण्डमा जारी श्रृंखलामा नेपालले लगातार दोस्रो जित हात पारेको हो । स्कटल्याण्डको डुन्डीमा बुधबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको हो ।
२ सय २६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । ब्याटिङका लागि कठिन पीचमा २२६ रनको मध्यम लक्ष्य पछ्याएको नेपाललाई ५ विकेटको जित दिलाउन आरिफले ७८ रनको उत्कृष्ट इनिङ खेले ।
सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छन् । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोटको प्लेअफ खेल्नुपर्ने छ ।


0 comment