काठमाडौं - लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय सम्झौतामा नरहने भएका छन् ।

सन्दिपले  मंगलबार सामाजिक सञ्जालमा उक्त जानकारी दिँदै भनेका छन," धेरै सोचविचार पछि मैले यस पटकको लागि क्यान केन्द्रीय सम्झौता अन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु । यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा होइन,यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो ।"

क्यानले सन्दीप सहित ३३ पुरुष र १९ महिला क्रिकेटरलाई केन्द्रीय सम्झौतामा राखेको थियो । ए ग्रेडमा उनले मासिक एक लाख रुपैयाँ पाउँदै आएका थिए।

यस निर्णयपछि आफू खेलिरहने पनि उनले बताएका छन्।  उनले लेखेका छन्, "म अझै पनि नेपालका लागि खेलिरहनेछु। सधैँ झैँ उही जोश ,उही समर्पणका साथ। नेपालको जर्सी लगाउनु मेरो लागि सधैँ गर्वको कुरा हो र यो जिम्मेवारी सधैँ मेरो हृदयमा रहनेछ ।"