काठमाडौं - स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज र टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले मुलपानीमा एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । कप्तान रोहित कुमार पौडेलबाहेक अरु सबै खेलाडी उपस्थित थिए ।उनी कक्षा १२ को परीक्षामा सहभागी भएका कारण बिदाई कार्यक्रममा उपस्थित हुन नसकेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाली टोली आज साँझ स्कटल्यान्डतर्फ प्रस्थान गर्दै छ ।
नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ । लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी छन् ।


0 comment