काठमाडौं - आईसीसी महिला टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र हङकङबीचको पहिलो खेल रद्द भएको छ ।

थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा बिहान सबा ८ बजे सुरु हुनुपर्ने खेल टस पनि नभएर रद्द भएको हो । भोलि (शनिबार) बहराइनविरुद्ध नेपालले दोस्रो खेल खेल्नेछ ।

छनोटमा नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् । समूह ‘ए’ मा आयोजक थाइल्यान्डसँगै भुटान र कुबेत छन् । समूह ‘बी’ मा यूएई, कतार र मलेसिया छन् ।

समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउनेछन् । सुपर थ्रीको शीर्ष २ मा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन् । प्रतियोगिता खेल्न इन्दु बर्माको कप्तानीमा नेपाली टोली थाइल्यान्ड भ्रमणमा छ ।