काठमाडौं - आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७ सय  कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आज  एक हजार ९ सय ९० मा खरिदबिक्री भइरहेको छ ।

गत शुक्रबार एक तोला सुन एक लाख ८९ हजार ६ सयमा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी  दुई हजारमा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज  प्रतिऔंस सुन तीन हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।