काठमाडौं - साबिक विजेता ललितपुर सिटी एफसीले नेपाल सुपर लिग एनएसएलको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको फाइनल खेलमा पोखरा थन्डर्सलाई २ -१ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । दशरथ रंगशालामा आज भएको खेलमा सबैभन्दा बढी दर्शकको उपस्थिति रहेको छ।
साबिक विजेता ललितपुर सिटिले पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ ले पराजित गर्दै फाइनलमा सिधैं स्थान बनाएको हो। पोखराले भने सुरुका दुई खेलमा पराजित हुँदै लिगको सुरुवात गरेको थियो । तर त्यसपछिका ४ र प्लेअफमा २ गरी पछिल्ला ६ खेलमा अपराजित रहयो ।
पोखरा थण्डर्स पहिलो पटक फाइनल पुगेको हो ।
उपाधि विजेता ललितपुरले ८० लाख र पोखराले ३० लाख रुपैयाँ पाउनेछ।


0 comment