काठमाडौं - यस वर्ष साफ च्याम्पियनसिप नहुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले खेल होम एण्ड अवे फर्म्याटमा गर्ने भए पनि यो वर्ष नगर्ने जानकारी दिएको छ। 

आगामी जुनमा श्रीलंकामा हुने भनिएको साफ च्याम्पियनसिप हालका लागि स्थगित गरिएको साफले विज्ञप्ति मार्फत जनाएको छ। 

विज्ञप्तिमा आयोजक टिमहरूलाई मैदान तथा स्थान तयार गर्न पर्याप्त समय दिइने बताइएको छ।