काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) कोशी प्रदेशका खेलाडी सिद्धान्त लोहनीको उपचारका लागि ५ लाख उपलब्ध गराउने भएको छ। 

सिद्धान्तले सन् २०२३ २९ मे देखि ९ जुनसम्म जनकपुरमा भएको महेन्द्र नारायण निधि राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरानको घुँडामा चोट बोकेका हुन्। उनको ५ पटकसम्म अप्रेसन भइसक्दा पनि क्यानको तर्फबाट सहयोग नभएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएको थियो। सिद्धान्त हाल भारतमा उपचार गराइरहेका छन्। 

उनको उपचारका लागि उनको परिवारले नै हालसम्म खर्च गरिरहेको छ। यसभन्दा अगाडिले क्यानले नेपालमा उपचार भइरहँदा १ लाख रुपैयाँ खर्च उपलब्ध गराएको थियो। 

राष्ट्रिय टिममा समेत खेलिसकेका सिद्धान्तले कोशी प्रदेशको कप्तानको जिम्मेवारी सम्हाल्ने गरेका थिए।