उपेन्द्र झा
परम्परागत विधिअनुसार खाद्यान्न बालीमा आधारित नेपालको कृषि ३० को दशकमा उत्पादन बढाउन प्रयोग रुपमा भित्रिएको नयाँ धान मन्सुलीले आफूसगँ रासायनिक मल तथा विषादि लिएर आँयो । प्रति कठा ९ मनको उत्पादन क्षमता  रहेको योधान रासायनिक मलका साथै कृषक माझ निकै लोकप्रिय भयो । कम जग्गा हुनेले पनि बढी उब्जनी पाएर परिवारको भरण षोषण सजिलै ढगंले गर्न पायो । कृषकको धेरै समस्यालाई टार्न सफल मन्सुली धानसगै अत्यधिक प्रयोगमा आएका रासायनिक मलले मोटोको उर्वशक्तिलाई विस्तारै काम गर्दै गयो । दुई दशक पछि मन्सुलीको उत्पादन पम्परमगत रुपले उब्जिएको मन्सुली धान प्रति कठ्ठा २ मनमा सिमित भयो । घटिरहेको उत्पादन तथा विषादियुक्त्त कृषिजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्यमा ठुलो प्रभाव परिहेको अब भने सबैको ध्यानकर्षण हुन लागेको छ । कृषिे दुरावस्थाले कृषि सुधारबारे निजीक्षेत्रलाई जति गम्भीर बनाएको छ त्यति सरकारलाई केही महत्वपूर्ण व्यीक्तहरु भने यसबारे गम्भीर चासो देखाउन थालेको छ ।

मानव जीवनको अह्म हिस्सा बन्न पुगेकाकृत्रिम पदार्थको प्रयोगले वातावरणीय तत्वहरुसगँ मिलेर प्रतिक्रियाात्मक रुपमा जन्माएका अनेकौ व्याक्टीयावा वाईरसको मानवलाई मात्र प्रभावित गरेको छैन यसले जनावर ,चराचुरुगंी तथा वनस्पतिलाई पनि उत्तिकै प्रभावित गरेको छ । मानव जीवनशैलीको  चक्रिय पद्धतिमा नित नवीन ब्याक्टीया वा वाईसको जन्म भईरहेकोले मानव विज्ञान एउटा वाईरसको अध्ययान अनुसन्धान गरि उपचार खोज्न दशकौँ लगाउँछ ,त मानवले प्रयोग गरेको  कृत्रिम पदार्थ चक्रिय पद्धतिमा गुज्रेर यो पद्धतिबाट दर्जनौँ नयाँ वाक्टेरिया मानवको अगाडि आई पुग्छन् । स्वास्थ्य विज्ञानको लागी चुनौतीमा रुपमा विकसित भईरहेका यी जीवाणुहरु अन्नतःमानव जीवनरक्षाको सवालमा ठुलो प्रश्न खडा गरि दिएको छ ।

कृषकलार्इ कृषि उद्यमीको परिचय पत्र बाँडेर सम्मान गर्नु राम्रो विषय हो तर कृषि व्यवसायिकरणको ेभने यो पर्याप्त मापदण्ड होइन । कृषि उत्पादन बढाउन सरकारले लिएको आधुनिक कृषि नीति सरकारी दस्तावेज उल्लेख भए पनि यसमा साधारण कृषकको पहुँच हुन नसकेको छैन । पशुबीमा तथा कृषि जन्य उत्पादनमा सरकारले समयमा कृषि बीउविजन कम्पोष्ट मलको उपलब्धता प्राविधिक वित्तिय सहयोग सिचाँई ,यातायत ,भण्डारण बजार व्यवस्थापन तथा बिक्री विवरणको सहजता माथि कृषकको वास्तविकता उत्पादन प्रतिफल उपलब्ध हुन सकिरहेको छैन । कृषिमा आएको बैदेशिक अनुदान वा ऋणको इमान्दारीपूर्वृक प्रवाह तथा सरोकारवालालाई सहज वातावरण उपलब्ध गराउन सरकारको निश्चय पनि कृषि क्रान्ति ल्याउन सहयोगी हुनेछ ।
क्रमशः