काठमाडौं - ब्राजिलियन लेजेन्ड फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्। नेपाल सुपर लिग (एनएसएल)को लागि उनी मंगलबार बिहान काठमाडौं आइपुगेका हुन्।
एनएसएलको आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीले उनलाई नेपाल ल्याएको हो।
उनले नेपाल सुपर लिग २०२५ को दोस्रो क्वालिफायर धनगढी एफसी र पोखरा थन्डर्स बीचको खेलमा दशरथ रङ्गशालामा आउने तालिका रहेको छ।
यसअघि नै नेपाल आउने तालिका रहेको उनी बिरामी हुँदा केही दिनपछि मात्र नेपाल आइपुगेका हुन्।



0 comment