२०६२/६३ पछि एमाले, कांग्रेस र माओवादीले आफ्ना स्थानीय कार्यकर्ताहरु व्यवस्थापनको लागि अस्थाई शिक्षक बनाइयो । हो, तिनै शिक्षक हुन् जसले सरकारी तलब भत्ता हसुरेर आफ्नो छोराछोरी निजीमा पठाउँदै निमुखा जनताको छोराछोरीको भविष्य अन्धकार बनाउन ठुलो भूमिका खेले अनि खेली नै रहेका छन् । उनीहरु विद्यालयको सट्टा पार्टीका काममा व्यस्त बन्छन् । वर्षभरी पार्टीको भातृ संगठनलाई महत्व दिए, जम्मा १६० दिन पनि विद्ध्यालयलाई समय दिएनन्, त्यसैले त सरकारी स्कुलको विद्ध्यार्थी कम्जोर बने । बिद्ध्यालय पछि उ कलेजको सट्टा खाडी जान बाध्य भो ।
अहिले सडकमा रमिता देखाउनेमध्य अधिकांश मास्टर मास्टरनीहरु यिनै तिन पार्टीका सदस्य हुन् । त्यसैले त तलब बुझ्दै विद्ध्यालय बन्द गरेर महिनौँ सडकमा छन् । के एउटा नैतिकवान शिक्षकले यस्तो गर्न सक्छन् ? तलब खाने विद्ध्यालय नजाने सडकमा जात्रा देखाउने ?
यदि सरकार जनताको हुने थियो, जनताप्रति उत्तरदायी हुने थियो भने विद्ध्यालय नगएको दिनको तलब नदिने निर्णय गर्न सक्थ्यो । त्यसो हुन्थ्यो भने सडक खालि भईसक्थ्यो । तर त्यसो भएन, किनकी सरकार जनताप्रति होइन तिनै नैतिकताहीन शिक्षकहरुको अभिभावक हो । उसले जनताको छोराछोरीको हितभन्दा सडकधारी शिक्षकहरुको हितमा काम गर्छ र त स्कुल नगए पनि, सडकमा जात्रा देखाए पनि तलब भत्ता दिई नै रहन्छ । नेपाल गरिब भएको अरु कारण मध्य यो पनि त एउटा कारण होला ।
यदि सरकार जनताको हुने थियो, जनताप्रति उत्तरदायी हुने थियो भने विद्ध्यालय नगएको दिनको तलब नदिने निर्णय गर्न सक्थ्यो । त्यसो हुन्थ्यो भने सडक खालि भईसक्थ्यो । तर त्यसो भएन, किनकी सरकार जनताप्रति होइन तिनै नैतिकताहीन शिक्षकहरुको अभिभावक हो । उसले जनताको छोराछोरीको हितभन्दा सडकधारी शिक्षकहरुको हितमा काम गर्छ र त स्कुल नगए पनि, सडकमा जात्रा देखाए पनि तलब भत्ता दिई नै रहन्छ । नेपाल गरिब भएको अरु कारण मध्य यो पनि त एउटा कारण होला ।
आम नेपालीहरुलाई थाहा छ, हिजो अस्थाई शिक्षक भनेर नियुक्ति गरिएका प्राय यहि देश लुटेरा पार्टीको सदस्य हुन् । गाउँ-गाउँमा वडा अध्यक्ष भनौँ वा पालिका अध्यक्ष उनीहरु पनि प्राय यिनै पार्टीका छन् । कोहि त यी निर्वाचित लुटेराहरु पनि शिक्षक नै थिए र त विकासको नाममा कुनै दिर्घकालीन योजना बन्दैन । जताबाट कमिसन आउँछ, जुन कामबाट कार्यकर्ताको खल्ती भर्न सकिन्छ, त्यस्तै काम मात्र गर्छन् भने वडा अध्यक्षको काम भनेको तलब भत्ता खाने, सरकारी बजेटमा आफ्नो घरमा निजि धारा पुर्याउने, निजि सडक पुर्याउने, त्यो पनि ढलान गरेर यहि होइन र ?
अहिलेको शिक्षक आन्दोलन भनेको २०६२ पछि अस्थाई शिक्षक भन्दै कार्यकर्ता भर्तीको नाममा रोपेको काउसो हो जसले जनतालाई दुख दिन्छ, पिडा दिन्छ। त्यसबाट मुक्ति पाउनु भनेको गाउँ-गाउँबाट अभिभावक विरोधमा उठ्नु हो, विद्ध्यार्थी विरोधमा उत्रनु हो । के त्यसका लागि आम जनताहरु र सरकारी स्कुलमा अध्ययनरत विद्ध्यार्थी तयार छन् त ? छन् भने यो दिर्घरोगको अन्त्य हुन्छ । नत्र यो फैली नै रहन्छ ।
अहिले पनि सरकारी स्कुलमा स्थानीय नै सहि निर्वाचित वडा अध्यक्ष वा पालिका अध्यक्षका आफन्तको हालीमुहाली छ होइन र ?
शिक्षाको गुणस्तर किन बिग्रँदो छ ? किन निजि स्कुलका १५ हजार वाला शिक्षकले उम्दा परिणाम निकाल्न सक्षम हुन्छ अनि सरकारी तलब भत्ता तालिम आदि पाएका शिक्षकले परिणाम सुन्य हुन्छ ?
यी सडक झोले शिक्षकहरुलाई अलिकत्ति पनि लाज हुन्थ्यो भने जागिर छाड्थे । चित्त नबुझे किन बस्ने ? अरु काम गर्न गए भईहाल्यो । उ जाँदैन । उसँग त्यो हैसियत छैन कि उ निजीमा बिकोस् वा अरु केहि काम गर्न सकोस् ।
त्यसैले, सरकारी विद्ध्यालय लाज पचाएर बस्ने हो, देशलाई लुट्ने हो । त्यति मात्र होइन, आम निमुखा जनताका छोराछोरीको भविष्य अन्धकार बनाउने हो । त्यसैले, यो लुटेरा व्यवस्था रहेसम्म यी नालायक शिक्षक रहन्छन् । यी शिक्षक रहेसम्म निमुखा जनताका छोराछोरीले दुख पाइनै रहन्छन् । त्यसैले, यो लुटेरा व्यवस्थाको अन्त्यको लागि आम जनताहरु एक जुट हुन जरुरी छ । आ-आफ्नो ठाउँबाट नैतिकताहिन शिक्षकहरुलाई आज बिजुली बजारमा एउटा अभिभावकले प्रश्न उठाए जसरी प्रश्न गर्न जरुरी छ । जादु र टिकटकमा रमाउने हो, सधैँ जात्रा देखाउने हो भने जागिर छोड भन्ने आँट गरौँ । आम जनताबाट यस्तो आँट बन्यो भने सामुदायिक विद्ध्यालयको भविष्य राम्रो हुन्छ नत्र स्थाई दुख भोनु पर्छ ।




0 comment