काठमाडौं - नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर छ । 

आज पनि शुक्रबार जस्तै सुन प्रतितोला एक लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
    
यस्तै, चाँदी  एक हजार ९६० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।