काठमाडौं - राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विष्णुबहादुर सिंहलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी दिएको छ । राखेपका सदस्य-सचिव टंकलाल घिसिङले सिंहलाई शुक्रबार पत्र प्रदान गरे ।
यसघिका निर्देशक शोभितराज प्रसाईंले ५८ वर्षे उमेर हदका कारण शुक्रबारैदेखि अनिवार्य अवकाश पाएपछि रिक्त पदमा सिंहलाई ल्याइएको हो ।
सोही अवसरमा प्रसाईंलाई पनि मायाको चिनो प्रदान गरी बिदाइ गरिएको थियो । त्यस्तै हालै विभागको उपनिर्देशकको जिम्मेवारी पाएका अरुणा गुरुङ, राजेश्वरमान स्थापित र जगदीशप्रसाद भट्टलाई सफल कार्यकालका लागि शुभकामना दिइएको थियो ।
उनीहरुलाई राखेप कार्यकारी समितिका सदस्यद्वय कमलबहादुर भट्टराई र भानबहादुर चन्दलगायतले नयाँ जिम्मेवारी पाएकोमा बधाइ दिँदै प्रसाईंलाई बिदाइ गरेका थिए ।



0 comment