काठमाडौं - अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले एनओसीको निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्व टोलीलाई मान्यता प्रदान गरेको छ ।

आईओसीले बिहीबार एनओसीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठलाई पत्र लेख्दै ओलम्पिकको निर्वाचनलाई औपचारिक आधिकारिकता दिएको उल्लेख गरेको हो । गत पुस १३ गते अनलाइनमार्फत गरिएको एनओसीको निर्वाचनबाट जीवनराम तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए।

यसअघि एनओसीको निर्वाचनलाई नेपाल सरकारले अवैधानिक ठहर गरेको थियो ।  सरकारी स्रोत–साधन प्रयोग गर्न नदिने भन्दै सरकारले सातदोवाटोस्थित एनओसी भवनसहितका गेटमा तालासमेत लगाएको थियो ।