काठमाडौं - लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ भोलि (बिहीबार) बेलायत जाने भएकी छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले सन्तोषीलाई आज (बुधबार) एक कार्यक्रमबीच बिदाइ गरे ।
सदस्य-सचिव घिसिङले देशको सान बढाउने गरी उच्च प्रदर्शन गर्न सन्तोषीलाई सफलताको शुभकामना दिए ।
यही वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन यूकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाका छन् ।



0 comment