काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको जनाएको छ ।

मंगलबार राति १२ बजेबाट लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य  ३/ ३ रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

यो सँगै काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको एक सय ६० र मट्टितेलको एक सय ४६ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोलको एक सय ५९ र मट्टितेलको एक सय ४५ रुपैयाँ पर्नेछ ।

त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको एक सय ५७ रुपैयाँ ५० पैसा र मट्टितेलको एक सय ४३ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ ।