अहिलेको परिवेसलाई नजिकबाट विश्लेषण गर्दा अहिलेका राजनीतिक दलहरुको नीति र नियतमा गम्भीर समिक्षा गर्नुपर्ने समय भएको छ । नीति जनमुखी भएपनि नियत खराब भयो भने भुईमान्छेका समस्याले कहिलै प्राथमिकता नपाउने कुरामा कुनै संका नै छैन । वर्तमान राजनीतिक दलले आफ्ना नीतिमा पनि समयानुकूल परिमार्जन गरी आफूलाई जनमुखी बनाउने मौका अझै छ । दलको कार्य शैली जहिले पनि जनमुखी कार्यमुखी भन्दा पनि सत्तामुखी भएर अगाडी बढिरहेको हुनाले चिसो पानीले नुहाएर आफ्ना नीतिगत समिक्षामा गम्भीर भएर व्यवस्थामाथी उठेका प्रश्नको जवाफ दिनु पर्ने समय भएको छ । भाषणमा मात्र राम्रा जनमुखी नीतिका कुरा गर्ने उखान भनेर जनता हसाएर लोकप्रियता बटुल्न मै ध्यान दिने हो भने मुलुक र जनताको अवस्था झनै खराक हुँदै जानेमा कुनै संका नै छैन । 

दलहरुको नीतिको बारेमा अलिकति चर्चा गरौं । नेपालको कृषिलाई अगाडि बढाउने उत्पादनमा आधुनिकिकरण गर्ने नीतिमा वहस किन नभएको ? 
 कुनै नीति बनाएर ब्यहारिक प्रयोग गरौं भनेर योजना बनेको कतै छ ? कृषि योग्य जमिन बचाउने कतै नीति योजना छ दलहरुको के छ ? जनताको अधिक सहभागिता गराउदै जलबिद्युत निर्माण गर्ने कतै कुनै योजना कता विलाएको छ ? जरिबुटी अधिक पहिचान गर्ने संरक्षण उत्पादन गर्ने नेपालमै प्रसोधन गर्ने त्यस विषयमा बिज्ञता हासिल गर्ने गराउने दलहरुको योजना के छ ? संम्मान योजना बद्ध राष्ट्र विकासमा प्रयोग गरौ भन्नेमा नीति योजना बारे बहस छलफल ब्यबहारिक प्रयोगको प्रयत्न भएको उदाहरण कता छ ? शिक्षाको हालत देखिएकै छ यसलाई संस्थागत विकास गरेर जनमुखी बनाउने ब्यबहारिक र राष्ट्र उत्थानको प्रमुख अधार बनाउने कुनै सोच कुनै पनि दलमा भएको देखिदैन । स्वास्थको उहीँ हालत बनेको छ  केबल  स्वार्थ ब्यापार  नाफा बाहेक राजनीतिले सोचेको देखिएकै छैन ।  सडक निर्माण पनि गुणस्तर युक्त सुरक्षित बनाउने दीर्घकालिन आर्थिक उन्नति गर्ने ढंगले सोचेर गरिएको कमै देखिन्छ, भोट प्राप्त गर्ने उदेश्य प्रेरित नीति वा विकासे नीतिले पनि राष्ट्रलाई घात गर्दै छ 

राजनीतिक दलका नेताले यस विषयमा गम्भीर चाही कहिले हुने हो ? फोस्रा फण्डा नाराले राष्ट्र बन्दैन एउटा दलले अर्को दलको नेतालाई गाली गर्ने बाहेक बिचार संस्कार आदर्श उन्नत समाज निर्माण बारे कुनै क्रार्यक्रम बहस छैन । भ्रष्टाचार विरुद्ध  राष्ट्र हित जनहितका निम्ति साझा योजना क्रार्यक्रम बनाउने दलहरुको चेतमा छैन । सत्ता गठबन्धन गर्ने चेत मात्रै छ । भ्रष्टाचार कमिसनखोर बिचौलियागिरि माफिया गिरि बन्धु विरुद्ध  लड्ने  कुनै साझा राजनीतिक योजना क्रार्यक्रम कहाँ छ ? राजनीति दलको बीचमा राष्ट्र जनताको आर्थिक उन्नति गर्ने कुनै जनस्तरसम्म आउने कुनै योजना छैन । केबल दल गत स्वार्थ  वाहेक केही पनि योजना कार्यक्रम देखिदैन । त्यसकारण दलका शीर्ष नेता महोदयहरुले पार्टीदेखि जनता बिमुख भइरहेको वर्तमान परिवेसलाई ध्यानमा राखी आफैलाई सच्याउँने मार्गमा गम्भीर बन्न ढिला गर्नु हुँदैन ।