काठमाडौं - हङकङमा जारी टी- २० श्रृङ्खलामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
आज बिहान भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ ।
नेपालले पहिलो खेलमा हिजो कतारलाई आठ विकेटले पराजित गरेको थियो । योसँगै शीर्ष स्थानमा रहेको नेपालले चार अङ्क पुर्याएको छ । अब नेपालले लिग चरणको अन्तिम खेल पर्सि शनिबार घरेलु टोली हङकङसँग खेल्नेछ ।



0 comment