वास्तुविद् हरि ब. श्रेष्ठ
मानिसको शरीर पञ्चतत्व पृथ्वी ,जल,अग्नी, वायु र आकाश मिली बनेको छ । त्यसैगरी सबै प्रकाको घर ,भवन औगोद्यिक कल कारखानाहरु पनि यिनै पञ्चतत्व सगँ नै छन् । नौ ग्रहका कारण नै जन्मकुण्डलीको( चिना )बन्दछ । जन्मकुण्डलीको चतुर्थ भावमा आवास वा गृहसगँ भएकाले जन्मकुण्डलीग्रह अवस्था अनुसारको घर बनेको पाइन्छ । प्रकृतिको सिद्धान्त अनुसार बाँच्ने कला विज्ञानलाई नै वास्तुशास्त्र भनिन्छ । वास्तु ठोस सिद्धान्तमा आधारित छ । मानिसको शरीर पनि एउटा सानो ब्रम्हाण्डको मण्डल हो किन भने विश्व ब्रहमाण्डणमा पाइने तत्व मानिसको शरीरमा विद्यमान छ । त्यसैले श्वास फेर्दछ । घर ,भवनले पनि विभिन्न द्ययाल ढोका आदि ठाउँबाट बायु तत्व आदानप्रदान गर्दछ । विवाह गर्ने केटाकेटीहरुको राशी,ग्रह गण हेरेझैँ गृह स्वामी र भवनको पनि राशी गण र आयु सबै तत्वहरु हुन्छन् ।
मानिसको शरीरमा झैँ भवनको पनि पञ्चतत्व नै समावेश भएको हुन्छ । मनमा भावना भएझैँ भवनको खाली ठाउँ आकाश तत्वमा मानिसको मनको समबन्ध हुज्न्छ । शरीरमा पञ्चतत्वकै विभिन्न स्थान भए झै भवनभित्र विशेष गरी ब्राह वटा दिशामा फरक फरक तत्व हुन्छन् । त्यसै गरी घर तथा भवनमा दिशा वा तत्व अनुसारको सामाग्रीहरु मिलाएर नराखेमा तत्वहरु एक आपसमा जुधेर मानिस आफैँमा एकअर्कामा अचानक अप्रिय घटना घट्ने गर्दछ । के कारणले कसरी समस्या उत्पत्ति भएको हो यो कसरी मुक्ति पाउन सकिएला भन्ने कुरा कठिन हुन्छ । त्यसकारण वास्तु शास्त्रको प्रकृतिको गर्भमा भित्र रहेको रहस्य खुलासा गर्दछ ।
जब मानिसले कुनै भवनमा स्थानमा बसाई सराई वा घरमा निर्माण गर्न थाल्छ तब सो स्थानमा बसाई सराई वा घरमा निमार्ण गर्न थाल्छ । तब सो स्थानमा वास्तु पुरुषले आफनो सिमा क्षेत्रका परिधि बनाई ब्राह भागमा वर्गीकरण भई फरक फरक तत्व निमार्ण भएर बस्दछ । यही तत्व अनुसारको सामाग्री बस्तुहरु राख्नाले मानिसमा सुख,समृद्धि आनन्द हुन्छ । हरेक ठाउँमा दिशा अनुसारको फरक फरक तत्वमा नै प्रतिनिधित्व गर्दछ । तत्वको गुण अनुसारको मानिसको चेतना वा भावनामा परिर्वतन ,मिश्रित ,अनुपे्रषित आदि पर्दछ । त्यसैले घर भवन कारखाना अफिस लगायत जुनसुकै ठाउँमा पनि दिशा अनुसारको फरक फरक तत्वहरु हुने भएकाले तत्वहरुको सामाग्रीहरु मिलाएर राख्नुपर्दछ । अन्यथा तत्वको सन्तुलनमा विग्रन गई विभिन्न विध्न बाधा विरामी परिरहने सम्बन्धमा शत्रुता बढेर समेत हुन्छ ।जन्मकुण्डलीको दुर्भाग्य अवस्थामा पनि वास्तुशास्त्र द्धारा परिर्वतन गर्न सम्भव भएकाले वास्तुको रहस्य र चमत्कारको अनुभुति गर्ने प्रत्यन्त सबैले एकपटक गर्नुपर्ने हुन्छ ।

0 comment