काठमाडौं - बिहारको आरा रेलवे स्टेशनमा गोली हानी  तीन जनाको हत्या गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार रेलवे सुरक्षा बलका वरिष्ठ कमान्डेन्ट प्रकाश पाण्डाले घटना मङ्गलबार राति प्लेटफर्म नम्बर दुईमा भएको बताएका छन् । तीन जनाको शव निकालिएको छ। यो घटना प्रेम सम्बन्धसँग सम्बन्धित हुन सक्ने सम्भावना रहेको पाण्डाले बताएका छन् ।

घटनाका अभियुक्त भोजपुरका २४ वर्षका अमन कुमार रहेको जनाइएको छ ।

आरोपी अमनले जिया कुमारी र उनका बुबा अनिल सिन्हालाई गोली हानेर हत्या गरेको र त्यसपछि उनले आफैलाई पनि गोली हानेको बताइएको छ ।

हत्यामा प्रयोग गरिएको हतियार जफत गरिएको र यस विषयमा थप अनुसन्धान गरिरहेको पाण्डाले बताएका छन् ।