काठमाडौं- बाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। पछिल्ला छ महिनादेखि स्थिर देखिएको ब्याजदर अधिकांश बैंकहरूले यस महिनासमेत यथावत् राखेका छन्।

फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरूको संख्या १८ रहेको छ भने दुई बैंकले ब्याजदर घटाएका छन्। ब्याजदर घटाउनेमा नेपाल बैंक र हिमालयन बैंक रहेका छन्।

नेपाल बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१ प्रतिशत बिन्दुले घटाएको छ भने हिमालयन बैंकले ०.७५ प्रतिशत बिन्दुले घटाएको छ। अन्य बैंकहरूले भने अघिल्लो महिनाकै ब्याजदर कायम राख्ने निर्णय गरेका छन्।